देउडागीत- साथ दिन्या समय यै हो संकटका बेला

Posted By OSNepal, California, USA || Date: 17 August, 2017

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)

पहाड पैराले सखाप तराई पानी ताल छ
सक्किदो सहयोग गरु देश मा बेहाल छ

न राख्यो सम्पत्ति हजुर न त बस्न्या बास
कति त्यस्साई डुबी मर्या फेर्नै नपाई सास

एकाई साथ बाढी पैरो काल बनि आयो
तराईमा सत्यानास गर्‍यो धुरुक्कै रुवायो

बाढी पैरो भयो हजुर यैपाला ज्यानमारा
सबै ठौर बग्याका छन् आँखा आशु धारा

देश बिदेश जा जति छौ लागु कस्सिखेर
आपतका घडीमा कोई चुप लागि न’हेर
बेला आयो धन बर्षाउन्या सहयोगी दाताले
दुखीका घाउ मलम लाउ मानबका नाताले

प्रदेशमा नेपाली संस्था जा जो जति छन
उठाउनु बाढी पीडितलाई राहत संकलन

साथ दिन्या समय यै हो संकटका बेला
कम्मर कसी जुटी जाव नेपालीका चेला

मंगल्सैन ४ अछाम हाल- यूएई

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!