कोरियामा कामदारको तलब बढ्यो, मासिक न्यूनतम तलब कति पुग्यो ? — OSNepal

कोरियामा कामदारको तलब बढ्यो, मासिक न्यूनतम तलब कति पुग्यो ?

LC (KTM) December 31, 2022 0

काठमाडौं – दक्षिण कोरियामा नेपाली कामदारको तलब बढेको छ । रोजगार अनुमति प्रणाली ९ईपिएस०मार्फत दक्षिण कोरिया गएका कामदारको तलब बढेको हो ।

नयाँ वर्षसँगै   त्यहा कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन ९९ सय ६० रुपैयाँ० प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् ।

पाँच जनाभन्दा धेरै कामदार भएको कम्पनीले एक घण्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० ९१४ सय ४०० प्राप्त गर्नेछन् । राति १० बजेदेखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० (झन्डै २ हजार रुपैयाँ०) पाउने छन् । रियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन् । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन् ।

कोरियाली सरकारले भने सानो पुँजी भएका कम्पनीलाई पनि यो कानुन लगाए कम्पनी बन्दहुने र लाखौं मानिस प्रभावित हुने भन्दै श्रम कानुन लागू गर्न नसक्ने जनाउँदै आएको छ ।यो अहिलेसम्मकै सबैभन्दा कम बढेको तलब हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर