यस  कारण हिट हुनेछ, ए मेरो हजुर २’

Posted By OSNepal, California, USA || Date: 17 August, 2017

काठमाडौँ- आजको यो सामाग्रीमा हामी भाद्र १६ देखी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ए मेरो हजुर २ को बारेमा चर्चा गर्नेछौ । जसमा ए मेरो हजुर २ हिट हुनुपर्ने कारणहरु हामी पेश गर्नेछौ । यदी हामीलाई सक्राइव गर्नु भएको छैन भने कृपया हामीलाई सक्राइव गरीदिनुहोला ।
फिल्म ए मेरो हजुर २ हिट हुनेछ । जसका केही कारणहरु छन ।
पहिलो कारण हो —
मिडिया हाइप ।
ए मेरो हजुर २ को प्रचार सामाग्रीहरु मिडियामा सार्वजनिक भैसकेपछी यसबारे स्वतस्फुर्त रुपमा नेपाली मिडियाहरुले सकारात्मक चर्चा र टिप्पणी गरीरहेका छन । फिल्म चल्नु र नचल्नु पछिका बिषय हुन । त्यो भन्दा अगाडी दर्शकलाई यस्तो फिल्म बनेको छ र यो मितिमा प्रदर्शन हुदैछ भन्ने जानकारी हुनु जरुरी छ । ए मेरो हजुर २ को सवालमा दर्शकहरु जानकार भैसकेका छन । त्यसको अलावा ए मेरो हजुर २ लाई जोडेर मिडियामा भैरहेका बिभिन्न चर्चा र अड्कलबाजीहरुले फिल्मको पब्लीसिटीमा सहयोग गरेकै छन । आजकल नेपाली फिल्महरु चल्नु र नचल्नुमा युबट्युबमा आइरहेको भ्युज र त्यसमा आएका टिप्पणीहरु महत्वपुर्ण हुन्छन । यस सवालमा ए मेरो हजुर २ अगाडी छ । यो सामाग्री तयार पार्दा सम्म युबटुबमा ए मेरो हजुर २ को टेलर १८ लाख ३७ हजार भन्दा धेरै पटक हेरीएको छ र त्यसमा आएका अधिकांस कमेन्टहरु सकारात्मक छन ।
दोस्रो कारण को फिल्म को संगित
ए मेरो हजुर २ हिट हुने अर्को बलियो कारण यसको संगित हो । फिल्मका ३ वटा गित सार्वजनिक भैसकेका छन । फिल्मको ए मेरो हजुर बोलको शिर्षगित हिट भैसकेको छ । जसलाई यो सामाग्री तयार पार्दा सम्म ६६ लाख भन्दा बढी पटक हेरीएको छ । गितको लोकेशन, कोरीयोग्राफि, आर्टिष्टको परफमेन्समा गितले तारीफ पाइरहेको छ । क्याची ट्युनिङका कारण गित मुखमा झुण्डीने भैसकेको छ । त्यस्तै फिल्मको अर्को गित किनिदेउ न साइला दाई पनि हिट भैसकेको छ । लोक लयको यो गितमा नृत्य प्रतियोगिता तथा अन्य कार्यक्रमहरुमा पनि प्रयोग हुन थालेको छ । जसलाई यो सामाग्री तयार पार्दा सम्म ४९ लाख पटक हेरीसकिएको छ । फिल्मको अर्को उकालीमा जादा जादै बोलको गित बिहिबार मात्र सार्वजनिक भएको छ । जसमा पनि सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएका छन । यो गितको छोटो अंश लाई केही समय अगाडी सार्वजनिक गरीएको फिल्मको टेलरमा समेत समावेश गरीएको थियो । जसकारण गित पहिल्यै नोटिस भैसकेको थियो । तसर्थ यो गित पनि हिट हुने हाम्रो अनुमान छ ।
ए मेरो हजुर २ हिट हुने तेस्रो कारणको यसका कलाकारहरु
अभिनेत्री सम्रागी राज्य लक्ष्मी शाहका कारण पनि यो फिल्म हेर्न दर्शकहरु हलसम्म जाने हाम्रो अनुमान छ । ड्रिम्स बाट नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी यी सुन्दरी अभिनेत्रीले सोही एउटै फिल्मबाट चौतर्फी प्रशंसा बटुलेकी थिइन । ड्रिम्समा अनमोल संग स्क्रीन सेयर गरेकी समराग्गीले सो फिल्मबाट ५ वटा अवार्ड समेत पाउन सफल भइन । ड्रिम्स रिलीजका बेला सम्रागीको अनिभय अनमोल के.सीको भन्दा राम्रो रहेको चर्चा समेत चलेको थियो । एउटै फिल्मबाट स्थापित भैसकेकी समराग्गीका घोषीत तथा अघोषित फ्यान फलोइङ पनि उच्च छ । त्यस्तै ए मेरो हजुर २ बाटै फिल्म अभिनय यात्रा शुरु गरेका सलिन मान बानिया पनि फिल्म रिलीज नै नहुदै स्टार बन्ने लक्षण देखाइसकेका छन । उनको लुक्स को कारण मुख्यतः फिमेल अडियन्स आकर्षित छन । अर्को अभिनेता सलोन बस्नेत पनि युवापुस्तामाझ लोकप्रिय मानिन्छन । फिल्म होष्टेल बाटै यिनको चर्चा चुलिन थालेको थियो ।
ए मेरो हजुर हिट हुने चौथो कारण हो फिल्मको कन्टेन्ट
नेपालमा अहिले लभस्टोरी फेन्टासी फिल्महरु चलिरहेका छन । गरुङ्गो बिषय नभएका मनोरञ्जनात्मक लभस्टोरी फिल्महरुले बजार पिटिरहेको समयमा रिलीज हुन लागेको यो फिल्मलाई बजारमा लागेको हावा ले पनि सहयोग गर्नेछ । लभस्टोरीमा कमेडी, ट्राभल, रोमान्स र ड्रामा मिश्रीत फिल्महरुले रुचाइरहेको परीपेक्ष्यमा रिलीज हुन लागेको यो फिल्मले पनि राम्रो ब्यबसायिक उचाई प्राप्त गर्ने हाम्रो अनुमान छ ।

ए मेरो हजुर २ हिट हुने पाचौ कारण हो यसको लुक्स र झरना थापा
फिल्मको दृश्यहरु ग्लसी छन । नेपाली दर्शकहरु आखाँलाई शितलता दिने ग्लसी लुक्स र लोकेशन पनि चाहन्छन । यसको गित र टेलरमा देखीएको आवरणको दृश्यको सौन्दर्यले पनि दर्शकलाई हलसम्म पु¥याउनेछ । फिल्मलाई अनुभवी नायिका झरना थापाले निर्देशन गरेकी हुन । उनीसंग फिल्म अनुभव र नेपाली फिल्म क्षेत्रका अन्य बिभिन्न बिषयको राम्रो ज्ञान छ । त्यो ज्ञानबाट उनले ए मेरो हजुरका लागी १०० प्रतिशत दिएको अनुमान गरीएको छ । झरना थापाको निर्देशकिय पाटो हेर्नको लागी पनि दर्शकमा उत्सुकता कायम छ ।
मुख्यतः यिनै ५ कारणले ए मेरो हजुर २ हिट हुनेछ । फिल्मले नेपालबाट ३ करोड भन्दा माथीको ब्यापार गर्ने हाम्रो अनुमान छ ।
यद्यपी यो फिल्मको ब्यापार शुक्रबार र शनिबार फिल्म हेरेर निस्केका दर्शकले दिने प्रतिक्रियामा निर्भर हुनेछ । यसै संबन्धी तयार पारीएको यो सामग्री

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!