निशानसँगै सबैको मन रोएको छ…(हेर्नुहोस् भिडियो)

Posted By OSNepal, California, USA || Date: 17 August, 2017

नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको छ । नेपाल आइडल अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको गायन प्रतियोगिता हो । विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा ६ जना प्रतियोगी रहेका छन् ।
अहिले ‘टप सिक्स’ मा सागर आले, सुजाता पाण्डे, निशान भट्टराई, सुरज थापा, बुद्ध लामा र प्रताप दास रहेका छन् । दर्शकको भोट नै निर्णायक हुने भएकाले अहिले प्रतियोगीहरु विभिन्न सामाजिक सञ्जालबाट भोट माग्न व्यस्त छन् । तराईमा आएको बाढी र पहाडमा गएको पहिरोका कारण पनि धेरैले यो प्रतियोगिता हेर्न पाएका छैनन् ।

‘टप सिक्स’ मा पुगेका प्रतियोगीहरुमध्ये निशान भट्टराईले भने बाढी पहिरोले देश पीडामा रहेको बेला नेपाल आइडलको मञ्चमा उभिनुपर्दा दुखी भएको कुरा फेसबुकमा लेखेका छन् । निशानसँगै सबैको मन रोएको छ..हेर्नुहोस् भिडियो..

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!