बेलायतमा हुर्कदैं बढ्दै गरेकी सुभेक्षाको गीत यस्तो छ

Posted By OSNepal, California, USA || Date: 18 August, 2017

बेलायतमा हुर्कदैं बढ्दै गरेकी बालिका सुभेक्षा तिवारीले आफ्नो देशलाई सम्झेर गाएको गीत भिडियो सहित सार्वजनिक भएको छ।
“नाच्दै खेल्दै” बोलको देश प्रेमले ओतप्रोत गीतलाई लेखेका हुन गायिका सुभेक्षाका पिता तथा संचारकर्मी शिव तिवारीले। सन्तोस श्रेष्ठको सुमधुर संगीत रहेको यस गीतको म्युजिक भिडियो हाईलाईटस नेपालद्वारा युट्युबमा सार्वजनिक गरिएको हो। भिडियो बेलायतकै रमणीय स्थलहरुमा छायांकन गरिएको छ।
गीतकार तिवारीले आफ्ना शब्दहरु मार्फत मार्मिक ढङले स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन । गीत सुन्ने र हेर्ने जो कसैले पनि आफ्नो बालापनको याद आउने उनी बताउँछन्। “आफू हुर्के बढेको गाँउ, नदि-नाला, हिमाल-पहाड, चरा-चुरुङिहरुसँग रमाइरहेको अनुभुती गर्न पाउँछन” । उनी अगाडी भन्छन “आफ्नो रितिरिवाज, चाडपर्व सम्झिदै आफ्नै आगनको मनमोहक फूलहरुसँग खेलिरहेको स्मरण गर्न पाउँछन”।
गीत राष्टिय भाबनाले ओतप्रोत बाल गीतको रुपमा अहिले बिभिन्न संचार माध्यममा लोकप्रिय हुँदै गईरहेको छ भने गायिका सुभेक्षाले एउटा संभावना बोकेको गायिकाको रुपमा आफुलाई उभ्याएकी छन। गायिका सुभेक्षा आफ्नो परिवारको साथ बेलायतको स्कटल्याण्डको अबर्डिनमा बस्दै आएकी छन।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!