नयॉं शक्ति पार्टी भित्र देखिएको अन्योलता हटाउन ध्यानाकर्षण (पूर्ण पाठसहित)

Posted By OSNepal, California, USA || Date: 18 August, 2017

एच.बी ताम्राकार , जापान – सवै पक्ष जिम्मेवार हुदै सवै अटाउने, सवै मिलेर एकजुट भएर अघी वढने, षडयन्त्र, छलछाम र गुठबन्दीलाई पूर्ण निषेध गर्ने, असल र मजवुत संगठन निर्माण गर्दै राम्रो, हाम्रो र ठूलो पार्टी वनाउन सवै पक्ष एकतावद्ध भएर जानुको विकल्प नरहेको बताएका छन ।

त्यसैगरी , वैकल्पिक राजनीतिक शक्ति निर्माण हाम्रो साझा संकल्प ठानी यसको मूल्य, मान्यता, सिद्धान्त र निष्ठा प्रति एक पटक गम्भिर भई पुनः हामी एकढीक्का छौं हामी नयाँ एवं वैकल्पिक पार्टी निर्माणमा वैचारिक, राजनैतिक, मानसिक र भौतिक रुपमा प्रतिवद्ध र लामबद्ध रहेको औल्यएका छन ।

ध्यान आकर्षण गर्दै भने , ‘नयाँ र बैकल्पिक पार्टी निर्माणको चरणमा पुनः एकपटक अझ संवेदनशील र जिम्मेवार भई पार्टी निर्माण गरेरै छाडछौं, त्यसको निम्ति उचित वातावरण निर्माण गर्दै जिम्मेवारी वहन गर्न इमान्दार छौं र जस्तोसुकै बलिदानी दिन तम्तयार छौं भन्ने प्रण गर्दै दुवै पक्ष सम्यमित हुँदै सही मागको उचित सम्बोधन गरी तार्किक निष्कर्षमा पुगी एकाताबद्ध भएको देश र जनतामा नयाँ संदेश दिदै हामी जस्ता अभियन्तामा नयाँ रक्त सञ्चार गराउँन सम्बद्ध दुवै पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

ध्यानाकर्षणको पूर्ण पाठ :

श्री डाक्टर बाबुराम भट्टराई ज्यू,
नयाँ शक्ति पार्टी नेपाल

श्रीमान देवेन्द्र पौडेल ज्यू
पूर्व संगठन विभाग प्रमुख
नयाँ शक्ति पार्टी नेपाल
लगायत अपिल जारीगर्ने १५ जना आदरणीय नेत्रित्वहरु

विषय ः ध्यानाकर्षण सम्बन्धमा ।

नेपाली जनताले ऐतिहासीक कालखण्डको विभिन्न समयमा गरेको संघर्ष तथा वलिदानीको जगमा प्राप्त युगान्तकारी परिवर्तन स्वरुप पहिलो संविधान सभाबाट २०६५ जेष्ठ १५ गते गणतन्त्र घोषणा र दोस्रो संविधान सभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरै संगसंगै राजनैतिक परिवर्तनको एक अध्यायको समाप्ति भएको हामीहरुको निष्कर्ष हो ।

देशमा पूँजीवादी लोकतान्त्रिक क्रान्तिको समापन भएसंगै नयाँ र ऐतिहासिक कार्यभार पूरा गर्न एक वैकल्पिक राजनैतिक शक्तिको रुपमा नयाँ शक्तिको अपरिहार्यता महसुसका साथ प्राप्त लोकतान्त्रिक उपलव्धीहरुलाई संस्थागत र रक्षा गर्दै तिब्र आर्थिक विकास र समृद्धिको नेपाली जनताको सपना साकार तुल्याउदै सम्मुनत समाजवादको आधार तयार गर्ने दृढ संकल्पका साथ पार्टी स्थापना र घोषणको नयाँ इतिहास रच्दै २०७३ साल जेष्ठ ३० मा पार्टी घोषणा गरेको करिव १ वर्षको अनुभव र अनुभूतीबाट हामी गुज्रदै छौं ।

पार्टी निर्माणकै क्रममा लोकतान्त्रिक अध्यास गर्ने क्रममा देशमा भएको २ चरणको स्थानीय निर्वाचनमा पार्टी सहभागी भई सकेको अवस्था छ । चुनावी परिणामसंगै पार्टीले हासिल गरेको सफलता र हासिल गर्न नसकेको अपेक्षित सफलता, कमी कमजोरीको सन्दर्भमा तेस्रो संघीय परिषदको समिक्षात्मक बैठक समेत यही २०७४ अषाढ ९—१४ मा सम्पन्न भई सकेको छ । करिव १ वर्ष सम्मको पार्टीको भूमिका त्यसमा हामीहरुको योगदान, हासिल गरेको र गर्न नसकेको उपलव्धि, व्यहोर्नु पेरेको हानी र आगामी कार्यभार र कार्यदिशाको सन्दर्भमा व्यापक छलफल गरी निष्कर्षमा पुगेको हामी स्वयं साक्षी हौं ।

यही समिक्षात्मक बैठकको पेरीफेरीबाट पार्टीको भावी कार्र्ययोजना, वैचारिक आधार र लक्षित वर्ग वा आधार जन पहिचानको सन्दर्भमा विभिन्न जोड र कोणबाट विचार प्रस्तुती र सो उपर टिका टिप्पणी र घनिभूत छलफलबाट हामी गुज्रीएकै हौं । तथापी त्यसमा केही कमी कमजोरी रहेको महसुसका साथ पछिल्लो कडिको रुपमा केहि दिन अगाडी मात्र पार्टीका जिम्मेवार १५ जना नेतृत्व ज्यूहरुबाट अपिल सार्वजनिकरण भए पश्चात पार्टी प्रति नेपालको तिव्र आर्थिक विकास र सम्बृद्धि चाहने, पार्टीमा लामवद्ध हामी जस्ता अभियन्ताहरु र आम नेपाली जनताको गम्भिर चासो, चिन्ता र सरोकार आक्रिष्ट भएको छ ।

लोकतान्त्रीक पद्धतिमा निश्चित विधि प्रकृयाको अनुशरण सवैले गर्नै पर्दछ । विधि प्रकृया बमोजिम प्रस्तुत फरक विचार प्रतिको उचित सम्मान व्यक्त गर्दै विचारको सही सश्लेषण र अनुशरण गर्दा मात्र साझा नेतृत्वको केन्द्रिकृत अभिव्यक्ति हुन जान्छ । तेस्रो संघीय परिषदको बैठकबाट हामीले सोही विधि प्रकृया अनुशरण गर्दै नयाँ आशा जगाउदै पुनः नयाँ आट, जोश र उत्साह आर्जन गरेका हौं । पार्टीको नीति, सिद्धान्त र कार्यदिशा अझ परिस्कृत गर्दै पार्टी वनाएरै छाडने साझा अठोट र संकल्प गरेकै हौं ।

तर सो अपुग भयोकी भन्ने घटनाक्रमले पुष्टि गर्दैछ । तसर्थ पार्टीमा यो वा त्यो नाममा वा कुनैपनि पक्षबाट पार्टीलाई कमजोर पार्ने, पार्टीको हित विपरित कार्य गर्ने छुट कसैलाई छैन । असल नियत साथ आएका विचार, विमर्श, सुझाव तथा वैचारिक छलफल र अन्तरसंघर्षलाई निश्चित विधि प्रकृया अन्तर्गत खुल्ला र स्वागतयोग्य तुल्याईनै पर्दछ । बुढी मरी भन्दा पनि काल पल्कियो भने कसैको निम्ति पनी दिर्घकालिन रुपमा लाभदाय हुन सक्दैन र त्यसलाई तत्काल बाच्नेहरुले अवसरको रुपमा बुभ्mने प्रवित्ति र सस्कृतिको विकास हुनु पनी गलत हो ।

सवैको विद्वता, योगदान र व्यक्तित्वको कदरका साथ सह अस्तित्वलाई आत्मसाथ गर्दै अघी पढन सकेमा मात्र एक अर्काको बास्तविक सम्मान ठहर्दछ । अकर्मण्यता र समासायीक स्थितीलाई गिजोलेर पार्टी सही दिशा उन्मुख हुन किम्मार्थ सक्दैन । भने पार्टी टुट फुट, परित्याग र वहिर्गमनले कसैलाईपनि दिर्घकालिन फाईदा गर्दैन । अग्रगामीहरु वीचको ध्रुविकरण र विचार मिल्लेहरुसंगको बास्तविक एकताबाट मात्र शान्तिपूर्ण चरणमा शक्ति आर्जन गर्न सकिने प्रष्ट छ । तसर्थ सवै पक्ष जिम्मेवार हुदै सवै अटाउने, सवै मिलेर एकजुट भएर अघी वढने, षडयन्त्र, छलछाम र गुठबन्दीलाई पूर्ण निषेध गर्ने, असल र मजवुत संगठन निर्माण गर्दै राम्रो, हाम्रो र ठूलो पार्टी वनाउन सवै पक्ष एकतावद्ध भएर जानुको विकल्प छैन ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण हाम्रो साझा संकल्प ठानी यसको मूल्य, मान्यता, सिद्धान्त र निष्ठा प्रति एक पटक गम्भिर भई पुनः हामी एकढीक्का छौं हामी नयाँ एवं वैकल्पिक पार्टी निर्माणमा वैचारिक, राजनैतिक, मानसिक र भौतिक रुपमा प्रतिवद्ध र लामबद्ध छौं ।

नयाँ र बैकल्पिक पार्टी निर्माणको चरणमा पुनः एकपटक अझ संवेदनशील र जिम्मेवार भई पार्टी निर्माण गरेरै छाडछौं, त्यसको निम्ति उचित वातावरण निर्माण गर्दै जिम्मेवारी वहन गर्न इमान्दार छौं र जस्तोसुकै बलिदानी दिन तम्तयार छौं भन्ने प्रण गर्दै दुवै पक्ष सम्यमित हुँदै सही मागको उचित सम्बोधन गरी तार्किक निष्कर्षमा पुगी एकाताबद्ध भएको देश र जनतामा नयाँ संदेश दिदै हामी जस्ता अभियन्तामा नयाँ रक्त सञ्चार गराउँन सम्बद्ध दुवै पक्षको ध्यानाकर्षण गराउँदछौं । धन्यवाद ।

१ नं. प्रदेश सम्पर्क संयन्त्र ः
१. दलमर्दन कामी, संयोजक एवं केन्द्रिय परिषद सदस्य
२. दर्शना गिरी, सह संयोजक एवं केन्द्रिय परिषद सदस्य
३. यु.वि.घिमिरे, सह संयोजक
४. रमेश परियार, सह संयोजक
५. एल.वी.पराजुली, कार्यालय सचिव
६. राजन दनुवार डोने, सह संयोजक, उदयपुर एवं केन्द्रिय परिषद् सदस्य
७. सन्तोष वि.के.राई, केन्द्रिय परिषद सदस्य
८. महेन्द्र सुनुवार, केन्द्रिय परिषद सदस्य
९. सुन्दर गुरुङ्ग, केन्द्रिय परिषद सदस्य
१०. सन्तोष राउत, संयोजक, उदयपुर काठमाण्डौं सम्पर्क संयन्त्र एवं केन्द्रिय परिषद सदस्य
११. लोकेन्द्र जेरो किराती, संयोजक

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!