बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा — OSNepal

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

LC (KTM) January 01, 2023 0

बैतडी-बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा सनिबार एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ९७ रन बनायो । जसमा सन्तोष विजलेले ३६ रनको योगदान गरे ।

कुल ९८ रनको लक्ष्य पछ्याएको कालशैनी ६८ रनमा समेटियो । उसका लागि टेकेन्द्र चन्दले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । एनआरवाइसीका लागि सन्तोष विजलेले ४ विकेट हात पारे । सन्तोष खेलका प्लेयर अफ द म्याच भए ।

यस्तै सनिबारै भएका अन्य खेलहरुमा एनआरवाइसी बी, कालशैनी, नागार्जुन सिम ए विजयी भएका छन् । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता पुस १९ मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो । गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर