सहकारीले बचतकर्ताको पैसा त दिएन तर भएको प्रमाण पनि उठायो — OSNepal

सहकारीले बचतकर्ताको पैसा त दिएन तर भएको प्रमाण पनि उठायो

LC (KTM) January 01, 2023 0

रुषा थापा – नेपालमा कोरोना आउनुअघि मानिसहरुले अपनाएका सबै पेसाहरु ठिकठाक नै चलिरहेको थियो । सानोतिनो जुनसुकै पेसा पनि मानिसले अपनाएकोमा फाइदैफाइदा हुन्थ्यो । त्यस्तै, सहकारीमा पनि त्यही नै भयो । दुई वर्षअघिसम्म उपत्यकालगायत विभिन्न जिल्लाका मानिसलगायत पसलहरु सहकारीमा पैसा राख्न धाउँन्थे ।
एउटै पसलेले ५ देखि १५ ओटासम्म सहकारीमा दिनहुँ ५० रुपैँयादेखि ५ सयसम्म रकम जम्मा गर्थे । यता कतिले एकैपटक लाखौँ रकम लगेर मुद्दती खातामा जम्म गर्थे तर अहिले बजारमा सहकारीका बजार प्रतिनिधिहरु नै भेटिदैँन् । पहिला पासबुकको चाङ देखा पर्ने पसलमा अहिले पासबुक नै देखिदैँनन् ।

पछिल्लो समय सहकारीका बजार प्रतिनिधिहरुले पासबुक चेकजाँच गर्नुपर्ने बताउँदै पासबुक सर्वसाधारणबाट पासबुक फिर्ता लिइरहेका छन् । यता पासबुक लिइपछि आफ्नो सहकारीमा उनीहरुले पैसा राखेको प्रमाण मेटिन्छ भनेर सहकारीका सञ्चालकहरु पासबुक नै जलाइरहेका छन् । बचतकर्ताले सहकारीमा पैसा राखेको प्रमाण नै पासबुक हुन्छ र सहकारीले पैसा फिर्ता नगरेपछि उनीहरु त्यँही पासबुकको आडमा प्रहरी चौकी, सहकारी विभाग, नगरपालिकामा उजुरी दर्ता गराउँछन् । तर पासबुक नै लगेपछि भोलि केको आधारमा उजुरी दर्ता गराउने ?

यता पासबुक लगेको महिनौँ दिनसम्म पनि पासबुक फिर्ता नगरेपछि उनीहरु सहकारी धाउँछन् तर सहकारी पुगेपछि हामी कहाँ तपाईँको पासबुक नै छैन भनेर जवाफ आउँछ । विश्वासकै आधारमा मानिसहरुले सहकारीमा पैसा राखे त पासबुक पनि दिए । तर सहकारीहरु यतिसम्म चोर काम गर्छन् भनेर सर्वसाधारणले त सोचेका थिएनन् नि त । सहकारीहरुले सर्वसाधारणलाई यसरी फसाएर लुट्दा सरकार के हेरेर बसिरहेको छ ? किन सहकारीलाई कारबाही गर्दैन ? पछिल्लो समय सहकारीका बचतकर्ताहरुले विभिन्न बहाना बनाएर पासबुक फिर्ता लिइरहेको बचतकर्ताहरु बताउँछन् । तर पासबुक लिएको महिनौँ बित्दा पनि फिर्ता नगरेपछि कार्यालय धाउँदा हामीले लिएका छैनौँ भनेर भन्ने गरेको उनीहरुको आरोप छ ।

आफुले पैसा राखेको प्रमाण भनेकै सहकारीको पासबुक हो । तर पासबुक नै सहकारीका कर्मचारीहरुले लगेर जलाएपछि भोलि के आधारमा सहकारी विरुद्ध मुद्दा दर्ता गराउने ? सरकार लिखिच प्रमाण खोज्छ तर लिखित प्रमाण नै मेटाएपछि के गर्ने ? यसरी कानूनबाट बच्नका लागि सहकारीका सञ्चालकहरुले चलाखी रुपमा बचतकर्ताबाट प्रमाण नै उठाएर मेटाइरहेका छन् । चोरले चोर्न जाँदा पाइला मेटाउँछ भनेझैँ यिनीहरुले प्रमाण मेटाउन खोजरहेका छन् । तर यता वडा, नगर र सहकारी विभाग कानमा तेल हालेर बसिरहेको छ ?

किन अहिले पनि यिनीहरु सहकारीमा पैसा नराख्नुस् भनेर सूचना जारी गर्दैनन् ? ३५ हजार २ सय ४३ सहकारीमा ९४ लाख जनताले १८ खर्ब रकम राखेका छन् । तर यो पैसा अब फिर्ता नआउने अवस्थामा पुगेको छ । जीवनभर रगत, पसिना बगाएर कमाएको पैसा सहकारीले एकै क्षणमा डुबाइदिएको छ ।
बचतकर्ताहरु दिनहुँ पैसा पाइन्छ कि भनेर सहकारीमा धाउँछन् तर दिनभरि रुोइकराइ गर्दा पनि बेलुका खाली हात नै फर्किन्छन् । सहकारीमा पैसा निकाल्नेको भिड छ त राख्ने कोही छैन । यता सहकारीले सर्वसाधारणको रकम फिर्ता गर्न नसकेपछि कहिले नेट त कहिले सर छैन भनिन्छ । सहकारीकै कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको र घरधनीले ६ महिनादेखि भाडा नपाएको सुनिन्छ ।

दुई वर्षअघिसम्म बजारबाट एउटै बजारप्रतिनिधिले लाखदेखि ३ लाखसम्म पैसा उठाउन्थे तर अहिले ५ हजार पनि उठ्दैँन । अहिले बजारमा पैसा उठाउन गएमा मानिसहरु निधार चाउरी पार्दै मुन्टो बर्टान्छन् । जोहीकोही सहकारीमा पैसा नराख्नुस् र भएको पनि निकाल्नुस् भनेर सल्लाह दिन्छन् । सहकारीमा पुरानो खाता भएका मानिसहरुले पनि आफ्नो खाता बन्द गरिसकेका छन् र नयाँ खाता खोल्ने कोही छैन । बुढादेखि भूरासम्मले अहिले बजारमा सहकारी ठग, चोर भनिरहेका हुन्छन् । सहकारीकै कारण कति मानिसहरुको घरपरिवारमा दरार आएको, व्यापारव्यवसाय डुबेको र बालबच्चाको बिजोक भएको सुनिन्छ ।

तर यतिसम्म हुँदा पनि किन सरकार चुप छ ? किन सञ्चारकर्मीहरु जनतालाई सहकारीको साचाँे मुख देखाउँदैन । राज्यको चौथों अंग र जनताको ऐना भनेर सञ्चारकर्मीलाई चिनिन्छ तर उनीहरु नै सर्वसाधारणलाई डुब्नबाट बचाउन खोज्दैनन् । पछिल्लो समय सहकारीमा पैसा राख्ने सर्वसाधारणहरु कि त सहकारीले पैसा फिर्ता नदिएपछि आफु डुबेको थाहा पाउँछन् होइन भने सहकारी भागेपछि डिप्रेसनमा जान्छन् । त्यसैले, अहिले प्रत्येक घरमा सहकारीकै कारण रुवाबाँसी चलिरहेको छ । बाटामा साग बेच्नेदेखि राज्य चलाउने नेता समेतलाई सहकारीले छोडेन । सहकारी भागेर हामी डुबायो भन्नेको अहिले कमी नै छैन ।

तर पनि काठमाडौँ महानगरपालिकालगायत ललितपुर र भक्तपुर नगरपालिका के हेरेर बसिरहेको छ । आफ्नो नगरभित्र कति सहकारी दर्तामा छन् भनेर पनि यिनीहरुलाई थाहा छैन । बाहिरी जिल्लाका मानिसहरुले यँहा आएर सहकारी सञ्चालन गरी कमाएर सर्वसाधारणको रकम नै फिर्ता नगरी भाग्दा पनि किन महानगर र नगरपालिका चुप ? बढी ब्याज पाइन्छ भनेर मानिसहरुले आफ्नो घरजग्गा बेचेर सहकारीमा पैसा राखे तर अहिले न ब्याज नै भयो न साँवा ।

सहकारीका सञ्चालकहरुले छिटै नाफा कमाउन घुस खाई घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर अहिले सेयरको मूल्य घट्यो त घरजग्गामा मन्दी छायो । त्यस्तै, गाडीमा यँही नै छ । सहकारीका सञ्चालकहरुले घुस खाएर ६० लाखको धितोलाई १ करोड दिए तर अहिले ऋणीले ऋणको साँवाब्याज नतिरेपछिर घरजग्गाको खरिदबिक्रीमा मन्दी आइपछि यिनीहरु चुलुम्मै डुबे । पछिल्लो समय मालपोत र यातायात कार्यालयमा सुनसान देखिन्छ । दिनहुँ सयौँ घरजग्गार गाडी नामसरी हुने यिनीहरु कार्यालयमा अहिले एउटा पनि घरजग्गा र गाडी नामसरी हुदैँन । यता सेयर पनि त्यस्तै नै छ ।

एक दिन बढ्छ त अर्को दिन घट्छ । उनीहरु एक दिन हाँस्छन् र अर्को दिन रुन्छन् । यसरी वित्तिय संस्थाहरुले सबै लगानी अनुत्पादक क्षेत्रमा गरेका हुनाले यिनीहरु डुब्ने अवस्थामा पुगेका हुन् । यता वित्तिय संस्था डुबेको थाहा पाइपछि सर्वसाधारणको पैसा निकाल्न लर्को लागेको छ । अब सरकारले सर्वसाधारणलाई डुबाउनबाट जोगाउने कि मौन बस्छ ? अहिले नै देशका आधा जनसंख्या वित्तिय संस्थाबाट पिडित भइसकेका छन् र अब झन् हुन्छन् । त्यसैले समयमै सहकारीमा पैसा नराख्नुस् भनेर सरकारले सूचना जारी गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर