नेपालगन्जको ब्यस्त सडकमा दिनदहाडै साँघातिक आक्रमण : ३ जना घाइते, भारतको लखनउ रेफर — OSNepal

नेपालगन्जको ब्यस्त सडकमा दिनदहाडै साँघातिक आक्रमण : ३ जना घाइते, भारतको लखनउ रेफर

LC (KTM) January 01, 2023 0

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको ब्यस्त सडकमा धारिलो हतियार प्रहार गरी आक्रमण भउको छ । हतियार प्रहारबाट नेपालगन्ज १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका छन् ।

घाइते ३ जनालाई नेपालगन्जमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ। घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले खुँडा र खुकुरी प्रहार गरेका थिए ।

भारतीय नम्बर प्लेटको गाडीमा ६ जनाको संख्यामा आएको समूहले उनीहरु माथी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमण गर्नुको कारण भने खुल्न सकेको छैन । ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर