नयाँ वर्ष मनाइरहेका ५ जना युवकले २३ वर्षीया युवतीलाई मध्यरातमा ४ किलोमिटरसम्म घिसारेर देखाए दानव रुप — OSNepal

नयाँ वर्ष मनाइरहेका ५ जना युवकले २३ वर्षीया युवतीलाई मध्यरातमा ४ किलोमिटरसम्म घिसारेर देखाए दानव रुप

LC (KTM) January 01, 2023 0

काठमाडौँ । नयाँ वर्षको उत्सव मनाइरहँदा दर्दनाक घटना घटेको छ । खबर हो भारतको ।भारतको राजधानी दिल्लीमा कारमा रहेका पाँच जनाले युवतीलाई ४ किलोमिटरसम्म घिसारेको दृश्य बाहिरिएसँगै यो घटनाले धेरैको ध्यान खिचेको छ ।

मदिरामा लट्ठ पाँच जना युवाले आफ्नो कारबाट एक युवतीलाई चार किलोमिटरसम्म घिसारेको भारतीय मिडियाहरुले दाबी गरेका छन् । घटना आइतबार बिहान ३ बजेको हो । प्रहरीलाई एक निर्वस्त्र युवतीको शव रहेको सूचना मिले लगत्तै प्रहरी घटनास्थल पुग्यो ।

प्रहरीका अनुसार युवतीका धेरैजसो कपडा सडकमा घिस्रिँदा च्यातिएका थिए । शव सर्वाङ्ग थियो । प्रहरीका अनुसार एक २३ वर्षीया युवती स्कुटीबाट आफ्नो घरतर्फ जाँदै गर्दा मदिरामा लट्ठ भएका युवाहरूले आफ्नो कारले ठक्कर दिएपछि उनलार्य घिसारेर लगिएको हो ।

ति युवाहरुले ति युवतीलाई कार नरोकी युवतीलाई ४ किलोमिटरसम्म घिसारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर