अस्ट्रेलिया को सिडनीमा तेस्रो पटक थारु महान चाड "माघी" महोत्सव हुदै — OSNepal

अस्ट्रेलिया को सिडनीमा तेस्रो पटक थारु महान चाड “माघी” महोत्सव हुदै

LC (KTM) January 02, 2023 0

थारू समुदायको महान चाड माघी अष्ट्रेलिया को सिडनी मा तेस्रो पटक बिबिध कार्यक्रम सहित मनाउने भएको कुरा जानकारी प्राप्त भएको छ । थारु सोसाइटी को आयोजनामा माघी पर्ब हर्ष उल्लासका साथ मनाउने तयारी भईराखेको जानकारी सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरि ले ओएस नेपाल सग को कुराकानी मा जानकारी दिनु भएको थियो । जनवरी १५ आईतबारको दिन (माघ १ )गते मध्यान्हबाट ( १२ बजे बाट) सुरु हुने सो कार्यक्रम विटलाम पार्क मा हुदैछ।

जुन टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको छ । थारू रिति रिबज अनुसारका नाच गान र खान पिन सहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटि अफ अष्ट्रेलिया ले सम्पूर्ण थारू समुदाय लगायत सम्पूर्ण अस्ट्रेलिया मा रहनु भएका नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ। थप जानकारीका लागि अरुण चौधरी लाई ०४०१४३५९५९ वा संस्थाका अध्यक्ष दीप नारायण चौधरी लाई ०४११६८८७९८ सम्पर्क गर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर