मध्यरातमा बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना, पशुपतीको मृत्यु — OSNepal

मध्यरातमा बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना, पशुपतीको मृत्यु

LC (KTM) January 02, 2023 0

काठमाडौं – स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका–७ मा गएराति दुर्घटना हुँदा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपती ढंगोलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर