हलिउड फिल्म अवतार २ को आक्रमक कमाई , दुई सातामा कमायो १ अर्ब रुपैया — OSNepal

हलिउड फिल्म अवतार २ को आक्रमक कमाई , दुई सातामा कमायो १ अर्ब रुपैया

LC (KTM) January 02, 2023 0

हलिउड निर्देशक जेम्स क्यामरुनको ‘अवतार : द वे अफ वाटर’को कमाईको गति आक्रमक ढंगबाट अघि बढिरहेको छ । यस फिल्मको कमाई रोकिने नाम लिइरहेको छैन । रिलिज भएको करिब २ हप्ता बितिसक्दा पनि ‘अवतार २’ को कमाई तिब्र गतिमा बढिरहेको छ । यसबीचमा धेरै फिल्म रिलिज भए, आए र बन्द बक्समा गए तर अहिलेसम्म कुनै पनि फिल्मले अवतार–२ लाई प्रतिस्पर्धा गर्न सकेको छैन ।

अहिले अवस्था यस्तो छ कि विश्वव्यापी व्यापारका हिसाबले ‘अवतार : द वे अफ वाटर’ को सङ्कलन १ अर्ब नजिक पुगेको छ । जसका कारण यो फिल्म अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । यो फिल्म हेर्नको लागि अहिले पनि थिएटरमा मानिसहरुको भीड लागेको छ । यस फिल्मको ग्राफिक्स र भिएफएक्स इफेक्टहरू साँच्चै प्रशंसनीय छन्।

यस फिल्ममा सबै स्टारको अभिनयसँगै फिल्मको निर्देशनलाई पनि दर्शकले निकै रुचाएका छन् । यो चलचित्रलाई दर्शकले मन पराउने सबैभन्दा राम्रो कुरा यो चलचित्रको कोरियोग्राफी हो । नयाँ वर्षको अवसरमा पनि सिनेमा हलमा ‘अवतार २’ हेर्नको भीड थियो । बिदासँगै चलचित्र ‘अवतार–२’ ले नयाँ वर्षको पूर्ण फाइदा पाएको छ । स्रोतका अनुसार ‘अवतार : द वे अफ वाटर’ ले तेस्रो सप्ताहन्तमा विश्वभर करिब ८२.४ मिलियन डलर कमाएको छ ।

यस्तो अवस्थामा अब ‘अवतार २ को कुल ग्लोबल कलेक्सन १३ मिलियन डलर नाघेको छ । जसलाई भारतीय रुपैयाँको आधारमा १ अर्बभन्दा बढी मानिनेछ । घरेलु कलेक्शनको कुरा गर्दा ‘अवतार द वे अफ वाटर’ ले ४४०.५ मिलियन डलरको तूफान कमाइ गरेको छ । अन्तर्राष्ट्रिय स्तरको कुरा गर्ने हो भने फिल्म ‘अवतार २’ ले हालसम्म ९५७ मिलियन डलर कमाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर