स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश — OSNepal

स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

LC (KTM) January 03, 2023 0

काठमाडौँ-रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर