परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : वरिष्ठ नेता पौडेल — OSNepal

परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : वरिष्ठ नेता पौडेल

LC (KTM) January 03, 2023 0

काठमाडौँ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ । “हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”

आज यहाँ आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताउनुभयो ।

संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उहाँले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताउनुभयो । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उहाँको भनाइ छ ।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर