हाम्रो खुशी देख्न सकेन दैबले बास त लग्यो–लग्यो, जिउने आश पनि लग्यो[भिडियो सहित]

Posted By OSNepal, California, USA || Date: 20 August, 2017

बिहीबार अपरान्ह भैरहवास्थित भीम अस्पताल पुग्दा रुपन्देही कोटहीमाई १ सिपवाका फागु हरिजन दम्पत्ति शय्यामा बसेर टोलाइरहेका थिए । ३० साउनको मुसलधारे वर्षाले छोरा रोशनलाई उनीहरुबाट चुँडेर लग्यो । भत्किएको घर त एक दिन ठड्याउने छन्, मुटुको टुक्राजस्तो छोरा कहिल्यै नफर्किने पीडाले आँखाबाट बलिन्द्र धारा छुट्न कम भएको छैन ।फागु भन्छन्, ‘भगवान साह्रै निष्ठुरी रहेछन् । बास त लगे–लगे हाम्रो जिउने आश पनि लगे ।’किसानी, मजदुरीबाट परिवार पाल्दै आएका हरिजनलाई आफ्नो भाग्यमा सधैं पीडा मात्रै लेखेको रहेछ भन्ने लाग्न थालेको छ । ‘सानै उमेरमा बुवा–आमा बित्नु भयो । अहिले छोरा बित्यो । छोरालाई पढाएर अरुजस्तै ठूलो मान्छे बनाउने इच्छा थियो तर … ।’

वाक्य टुंग्याउन नसकी उनी भक्कानिए । पुरा भिडियो हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!