आजको राशिफल : बि.स.२०७४ भाद्र ०५ गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट २१ तारिख । नेपाल सम्बत् १९३७

Posted By OSNepal, California, USA || Date: 20 August, 2017

ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका-  बि.स.२०७४ भाद्र ०५ गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट २१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि औशी,४६ घडी ०३ पला,रातको १२ बजेर ०३ मिनेट उप्रान्त प्रतिपपदा । नक्षत्र अष्लेषा २७ घडी ५३ पला,बेलुका ४ बजेर ४७ मिनेट उप्रान्त मघा । योग वरियान १२ घडि ०९ पला, बिहान १० बजेर २९ मिनेट उप्रान्त परिध । करण चतुष्पद, दिउँसो १२ बजेर २१ मिनेट उप्रान्त नाग,रातको १२ बजेर ०३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा श्रीवत्स योग । चन्द्ररासि कर्कट बेलुका ४ बजेर ४७ मनेट उप्रान्त सिंह । बुबाको मुख हेर्ने दिन । कुसे औंशी । सोमबारे औशी । मोतिराम जयन्ती ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३४ मिनेट जादा । दिनमान ३२ घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन अलि बढि मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै समय खर्च गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । आफ्नो ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

शुभ अंक — १,४ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँने हँुनाले मन प्रशन्न रहनेछ भने छोटो दुरिको उपलब्धिमुलक यात्रा हुँनेछ । लेखन कलाको बिकाश हुँनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् भने बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । साझपख आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बोल्दा ख्याल गर्नुहोला सोचबिचार नगरि बोल्दा वा निर्णय गर्दा आत्मघाति पनि हुँन सक्छ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । बेलुकिपखको समय राम्रो रहेकोले प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । अध्ययनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ

शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरेलु मेसिन तथा भौतिक बस्तुको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको समर्थन पाईने तथा पद प्रप्तिको गतिलो योग रहेकोछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । साझपखको समय मध्ययम रहेकोले अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुँनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउँन पनि सक्छ ख्याल गर्नुहोला ।

शुभ अंक — ४,८ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । साझपख समय राम्रो रहेकोले निर्णय क्षमतामा बृद्धि हुँनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । माया प्रेम तथा मित्रताको बन्धन झन कसिलो भएर जानेछ ।

शुभ अंक — ५,८ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बेलुकिपखको समय मध्ययम रहेकोले लामो दुरिको कष्टकर यात्रा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ ख्याल गर्नुहोला ।

शुभ अंक — ६,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुँनाले मन प्रशन्न रहनेछ । बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

शुभ अंक — ४,७ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँने हुँदा मन चिन्तित रहनेछ । कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । साझपख समय राम्रो रहेकोले सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

शुभ अंक — ४,८ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुँनेछ भने फसाउनेहरु हाबि हुँनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । साझपख लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुँनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । साझपख समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — २,७ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुँनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ भने स्वास्थ्य क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन लाभ गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

शुभ अंक — ३,८ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नुनै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले व्यापार व्यावसायमा गरिएको लगानि सुरक्षित रहनेछ भने नयाँ ठाउँमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

शुभ अंक — ६,९ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!