दुई दिनमा “ग्याङ्गस्टर ब्लूज”को कमाई ७८ लाखको हाराहारीमा…

Posted By OSNepal, California, USA || Date: 20 August, 2017

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र “ग्याङस्टर ब्लुज”ले सुखद ओपनिङको साथमा राम्रो कमाई गरेको छ । शुक्रबार मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैतिरको सुखद ओपनिङ गरेको चलचित्रले देशभरबाट ५३ लाख कमाई गरेको छ । त्यस्तै निर्माण पक्षको अनुसार पुर्वी नेपालका केहि जिल्लामा चलचित्र प्रदर्शन नभएको बताएका छन् । देशभर ८० हल पाएको ग्याङस्टर ब्लुजले शनिबारको व्यापार शुक्रबार भन्दा राम्रो भएको दाबी गरेका छन् । निर्माण पक्षको अनुसार चलचित्रले शनिबार ७८ लाखको हाराहारीमा ब्यापार गरेको दाबी गरे ।

 

मल्टिप्लेक्स तर्फ राजधानीमा क्युएफएक्सले ’ग्याङ्गस्टर ब्लूज’लाई १३ शो दिएको छ भने बिग सिनेमाले ५ शो दिएको छ । सरोज न्यौपानेको निर्माणमा बनेको चलचित्र ग्याङस्टर ब्लुजलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा, आरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!