प्रथम विश्वयुद्धका एम्बुलेन्स चालकको चलचित्र पाँच सय डलमै बन्यो !

Posted By OSNepal, California, USA || Date: 23 August, 2017

एजेन्सी : चलचित्रमा कति लगानी आवश्यक छ ? यो प्रश्न अनुत्तरित छ । निर्देशक र निर्माताको चाहना अनुसार जतिसुकै ठूलो रकममा पनि चलचित्र बन्न सक्छ । एउटा नयाँ खबरले भने चर्चा पाइरहेको छ । बिबिसीले सार्वजनिक गरेको एक खबर अनुसार एनिमेशनबारे खासै अनुभव नभएको बताउने एक महिलाले एउटा चलचित्र बनाएकी छन्। जसको नाम रुथ कग्गिंस हो । उनले घरमै उपलब्ध सामानको प्रयोग गरी चलचित्र बनाएको बताएकी छिन्।

चलचित्र बनाउन उनी आफ्ना जिजुहजुरबासँग प्रभावित भएकी हुन् । प्रथम विश्व युद्धका समयमा उनले एम्बुलेन्स चालकका रुपमा काम गरेका थिए । उनले त्यही विषयमा चलचित्र बनाएकी हुन् । यो चाहना आफ्नो बाल्यकालदेखिकै भएको उनको भनाइ छ ।

चलचित्रमा मञ्च र मोडलको दुवै निर्णय उनले आफै गरेकी हुन् । चलचित्र बनाउन जम्मा पाँच सय डलरमात्र खर्च भएको उनको दाबी छ । उनले बनाएको चलचित्रलाई लण्डनको एक संग्राहलयले स्थान दिएको छ ।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!