यस्तो अचम्म : ३८ वर्षदेखि निरन्तर राष्ट्रपति…

Posted By OSNepal, California, USA || Date: 24 August, 2017

एजेन्सी : एंगोलाका राष्ट्रपति एदवार्दु दुस सान्तोस विगत ३८ वर्षदेखि सत्तामा छन् । धेरै समय सत्तामा बस्ने उनी विश्वका दोस्रो नेता हुन्।

अफ्रिकाको ठूलो तेल उत्पादक देश एंगोलामा बुधबार भने नयाँ राष्ट्रपतिका निम्ति निर्वाचन हुँदै छ । इक्वान्टोरियल गिनीका राष्ट्रपति सबैभन्दा लामो समय सत्तामा बसेका थिए । एंगोलामा सन् १९७५ मा सुरु भएको गृहयुद्ध अन्त्य भएपछि हुन लागेको सत्ता हस्तान्तरण ठूलो राजनीतिक घटनाक्रम हो ।

अहिलेका रक्षामन्त्रीलाई भावी राष्ट्रपतिका रुपमा चर्चामा ल्याइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!