तिब्बत एयरलाइन्सको काठमाडौं-सिआयन सिधा उडान सुरु

Posted By OSNepal, California, USA || Date: 27 August, 2017

काठमाडौं : चीनको तिब्बत एयरलाइन्सले काठमाडौंदेखि सिआन सिधा उडान सुरु गरेको छ । पछिल्ला दिनमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको तर्फ लक्षित गर्दै तिब्बत एयरलाइनसले शनिबारदेखि सिधा उडान सुरु गरेको हो ।

यो उडान सुरु भएसँगै नेपालमा चिनियाँ पर्यटक अझ बढ्ने अनुमान गरिएको छ । यसअघि असार ५ गतेदेखि सछ्वान प्रान्तबाट छङ्तु–काठमाडौं उडान भन्दै आएको तिब्बत एयरलाइन्सले अर्को उडान सुरु गरेको हो । दोस्रो उडान पल्लो शान्सी प्रान्तको राजधानी सिआनबाट सिधा नेपालमा सुरुगरेपछि पर्यटकलाई समेत सजिलो हुने भएको छ ।

एयरलाइन्सले जनाए अनुसार सिआनबाट काठमाडौंसम्मको उडान ४ घण्टा लामो हुने छ । छङ्तु–काठमाडौं जस्तै सिआनबाट पनि हप्तामा चारवटा उडान हुनेछन्।
नेपालमा चाइना साउदर्न, चाइना इस्टर्न, सछ्वान एयरलाइन्स र एयर चाइनाका साथै तिब्बत एयरलाइन्सले उडान भर्दै आएका छन्।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!