चीनमा विश्वलाई चकित पार्ने सिसाका पुल (फोटोफिचर)

Posted By OSNepal, California, USA || Date: 31 August, 2017

एजेन्सी : विकासमा चीनले विश्वलाई ठूलै चुनौती दिएको छ । शक्तिराष्ट्रहरु समेत चीनको विकासलाई देखेर चकित पर्छन् । चीनले विकास मात्र गरेको छ रोचक पक्षहरुलाई समेत ध्यानमा राखेर विकासलाई प्राथमिकतामा राखेको छ । पछिल्ला वर्षमा विश्वकै अग्लो ठाउँमा पुल बनाएर चर्चा कमाएको चीनले उच्च पहाडी र जोखिमयुक्त स्थानको दृश्य अवलोकनकै निम्ति सिसाका पुल बनाएर सबैलाई चकित पारेको छ ।

चीनले बनाएका सिसाका पुलले लाखौ पर्यटकको ध्यान तानिसकेको छ । चीनले अहिलेसम्म उच्च र जोखिमयुक्त स्थानमा बनाएका सिसाका पुलको संख्या मात्र नौ बढी पुगेको बताइएको छ । यसरी बनाइएका पुलमा ३ डी सिसाको प्रयोग गरिएको छ । जहाँ पुगेपछि पर्यटक घन्टौँसम्म रमाउने गर्दछन् । कतिपय पर्यटकले भने यो दृश्यावलोकनलाई साहसिक मान्ने गरेका छन् ।

सिसाका पुलका केही तस्बिर

तस्बिरहरु : गुगल र चिनियाँ सञ्चारमाध्यम

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!