जेलमा दैनिक लागुऔषध पुर्‍याउने परेवालाई गोली हानेर मारियो..

Posted By OSNepal, California, USA || Date: 5 September, 2017

एजेन्सी : कतिपय खबरको विश्वास पनि गर्न सकिदैन । अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्‍याउने परेवालाई प्रहरीले गोली हानेको छ । प्रहरीको गोली लागेपछि उडिरहेको परेवाले भुइँमा पछारिएर अन्तिम सास फेरेको छ ।

जेलमा रहेका जेलर र कर्मचारीको सुराकीको आधारमा प्रहरीले परेवामाथि गोली प्रहार गरेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा सो घटना भएको थियो ।

समाचार एजेनसी एएफपीले जनाएको अनुसार उडेर जेलभित्र पस्दै गरेको परेवा देखेपछि प्रहरीले त्यसलाई गोली ठोकेका थिए । प्रहरीले गोली लागेर मरेको परेवाको ढाडमा लागुऔषधका चक्की तथा गाँजा बाँधिएको पोको भेटेका छन्।

समाचारमा सन् २०१३ मै लागुऔषध कारोबारीहरुले ओसारपसारमा तालिमप्राप्त परेवा प्रयोग गर्न थालेको जानकारी प्राप्त भएको जनाइएको छ ।
त्यहाँका सरकारी अधिकारीहरुका अनुसार तालिमप्राप्त परेवाले एक दिनमै १५ पटकसम्म लागुऔषध ओसार पसार गर्ने गरेको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!