कविता – ए ! पुरुष भनाउँदाहरु हो  

Posted By OSNepal, California, USA || Date: 11 September, 2017

ए पुरुष

भनाउँदाहरु हो,
मै नारिको
कोषनै तिमिहरुको पहिलो हो घर
तिमिहरुको जन्म पछि पनि म हुन्छु
शितल छाँया पिपलको र वर
फेरि पनि किन गर्छौ ए नर पिशाचु
पुरुषहरु हो, त्यही नारिको बारबार
बलत्कार
आँखैको सामुन्ने नै हुन्छ सबै खै सुनेको
पुरुष भनाउँदाले नारिको चीत्कार ।
#
देश बदल्ने
नेता देखि लिएर सँसार बदल्ने
बैज्ञानिक यिनै नारीले जन्माउँछन् ,
जग्यमा छोरिलाई कन्यादान दिदै मेरो छोरिको
कोष भरिदेउ
भगवान भनी रुँदै अन्माउँछन् ,
नारित एक रचना हुन् ईश्वरको माहापुरुश
जन्माउने ईश्वरिय चमत्कार ,
फेरि पनि किन गर्छौ ए पुरुषहरू हो आफ्नै
आमा सरि नारिको बारबार बलत्कार ।
#
हरेक पुरुषहरूले
एक फेर सोंचेरत हेर ,
के आफ्नी आमाको गर्भमा यस्तो कुपूतको बिर्यहोस् ?
आफ्नोत आफ्नो हुने तर अरु किन पराईनारीत
नारी हुन् अरुको जे सुकै होस्
त्यसैले,
त्यगौं अब देखि हामी हरेक पुरुषले
यस्ता घिनौंना सोंच किनकी घरको दिदीबहिनी
पनि पर्न सक्छ ,
आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो भने झैँ
आफ्नै घरको चेलीबेटी पनि बलत्कारी सिकार
हुन सक्छ ।
#
त्यसैले,
आफ्नो घरको सिसाको झ्याल हुनेहरुले
कहिले अरुको झ्यालको सिसामा ढुङ्गा नहान्नु ,
आफ्नो पनि झ्यालको सिसामा अरुले ढुङ्गा
हान्छ भन्ने यो कुरा राम्ररी जान्नु !
#
त्यसैले,
आज देखि हामी सबै पुरुष मिली गरौं
नारीलाई अत्याधिक सम्मान र सत्कार ,
फेरि पनि यो जान्दा जान्दै पनि किन
गर्छौ हे रावण हो ,
नारीलाई बारबार बात्कार ,
फेरि पनि यी सबै जान्दा जान्दै पनि किन गर्छौहे
रावण हो नारीलाई बारबार बलत्कार ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!