राजपत्रमा प्रकाशित सबै सूचना विद्युतीय हुने

Posted By OSNepal, California, USA || Date: 11 September, 2017

काठमाडौँ, २६ भदौ । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्नका लागि पछिल्लो पटक विकास भएका प्रविधि र विज्ञानको क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री बोहराले मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले देशमा विज्ञानको विकासका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने नीति लिइने र राजपत्रमा प्रकाशित सबै सूचना तथा समाचारलाई विद्युतीय स्वरुपमा व्यवस्थित गरिने जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञानका विभिन्न खोज–अनुसन्धान गर्नका लागि स्रोत तथा साधनको कमी रहेको बताउँदै आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउनका लागि तयारी भइरहेको जानकारी गराउनुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!