रुपन्देहीमा स्कुलबसबाट खसेर विद्यार्थीको मृत्यु

Posted By OSNepal, California, USA || Date: 11 September, 2017

तिलोत्तमा, २६ भदौ । रुपन्देहीको सालझण्डीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान विद्यार्थीलाई स्कुल प्ु¥याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा ल्ुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!