एमालेले टाउको काट्दै हिँडेको हो, दिल्लि देखाई काठमाण्डू तर्साउने इतिहास साक्षी

Posted By OSNepal, California, USA || Date: 12 September, 2017

लेखक – विनोद विक्रम शाही , नयॉं शक्ति पार्टीका युवा नेता 

-ईतिहासको गल्ति मधेसी जनताले दोहोर्याउनु हुदैन नेपालमा ईतिहासमा सजिलै के बुझ्न सकिन्छ भने परीवर्तन र अधिकार सजिलै पाईने वाला छैन ईतिहासको पाना पल्टाउदा यो सहज देखिदैन । काङ्ग्रेसले युद्ध लडेको हो । त्यसका नेता ३० वर्षसम्म निर्वासनमा बसेका हुन् ।

एमालेले टाउको काट्दै हिँडेको हो । लोकतन्त्रको लागी माओवादीको सशस्त्र विद्रोहमा १७ हजार नेपालीले ज्यान गुमाएका हुन् । त्यसको दममा उनीहरू स्थापित भएका हुन् । बिना सङ्घर्ष सम्झौताको आधारमा समानताको अधिकार त पाइदैन भन्ने स्थापित भएको छ । मुद्दा कहिले ओझेलमा पर्छ कहिले अगाडि आउँछ । तर सङ्घर्ष निरन्तर जारी छ।

मधेस सङ्घर्षको अधिकार अपमानजनक उनीहरूले २०६५ आन्दोलनबाट पाएको कुरा खोसिएको छ । त्यसकारण अहिले निराशा, वितृष्णा अलिक बढी छ । यो वितृष्णा यसकारण पनि हो कि बलिदान र रगतले लेखेका अधिकार खोसिनु तरपनि अल्बर्ट आईस्ट्यानको भनाई छ “doing same-thing again n again but expecting different result” यसकारण आन्दोलन निरन्तर जारी गर्नैपर्छ बेहत्तर बेहत्तर समाजको समानताको लागी अगाडि नै बढेको छ यतिबेला ब्यालेटको माध्यम बाट दिने बेला आयको छ।

मधेसमा यतिबेला निकै ठूलो चुनौति छ त्यो चुनौति हो धुरमुर र सुकिला मुकिलाको हालि मुहाली हुनु हो तर लडाई सिधा छ त्यो हो हम मधेसी छि गर्व से कहो मधेसी हु र नेपालको ईतिहासको एक नलेखियको खम्बा मधेसी जनताको बलिदान हो यतिबेला फेरी ब्यालेट बाट फैसला गर्ने र सम्पुर्ण देशभक्ति एक हुने बेला आयको छ त्यसको जवाफ यो लोकतान्त्रिक पद्दति बाट पनि दिनु छ यसको लागि सबै यूवा सही तरीकाले आफ्नो नेर्तृत्व पहीचान गर्नुपर्छ संबिधान पूर्ण छ भनि दीपावलि र साम्प्रदायिक राजनीतिकों बडाह दिई मधेसलाई दोर्सो दर्जाको नागरीक सम्झेर ब्यवहार गर्नेहरू आज मधेससंग लभ परेको भनि धमिलो पानीमा माछा मार्न तम्ततयार छन् यसलाई सचेत तरीकाले आम यूवा एक ढिक्का हुनुपर्दछ ।

आम नागरीकले सतर्कताका साथ बुझ्नैपर्नै र अति विभाजनकारी र खण्डित गर्न खोज्ने जो कोही शक्ति चाहे त्यो भारतमा बिलन गर्न तत्पर शक्ति होस् या स्वायत्तताको नाममा फरक देश माग्ने शक्ति होस् यी दुबै थरीलाई परास्त गरी सच्चा देशभक्ति र मधेसको पक्षमा फैसला गर्नुपर्ने अवस्था छ यसको लागी मलाई लाग्छ यी दुई कुरालाई मधेसले सही अर्थमा बुझ्नु पर्छ।

१- नेपालमा देखीयको राष्ट्रवाद – रास्ट्रवादको बारेमा सर्वप्रथम राष्ट्रवाद परिभाषा नै घृणा बाट उत्पत्ति हुन्छ कुनै पनि समुदाय देश प्रति घृणा पैदा गरी आफुलाई घृणाको बिचमा सभ्य तुल्याउनु हो जुन हाम्रो संस्कार या जुन सिकाईन्छ मायाले संसार जितिन्छ त्यो नै हार हुनु हो दोर्सो जुन राष्ट्रवादको विकास बिशेष गरी यूरोपियन मुलुकबाट सुरू भयको पाईन्छ जुन एकल भाषा संस्कृति र धर्मबाट शाषित थिय जसको कुनै मुल्य हाम्रो जस्तो बिबिधता भयको मुलुकमा घातक हुन्छ नै चुनाव जित्न सक्लान् सकियला तर देश तितरवितरको अवस्थामा पुग्नेछ यसर्थ जिम्मेवार राजनीतिक दल या कुनै नागरीकले यसको वकालत गर्छ भने त्यो देशको भविष्य प्रति खेलबाड गर्दैछ जबकि नेल्सन मण्डेला देखि गान्धि लि क्वान जस्ता आफ्नो मुलुकका हस्तिले अरू सबको सामना गर्न सक्छु तर यो धृणित राष्ट्रवाद नछिरोस् यसले मेरो देश बर्बाद हुनेछ भनेको छन् ।

तेर्सो म एउटा कक्षा १० माँ पढ्दा “A” AN “THE” को प्रयोग पढेको सम्झना जहॉ बिशेश शब्द आयो भने सर्वमान्य नियम लागुहुने छैन यसलाई पनि ठिक तेही बाट अध्ययन गर्दा राष्ट्रवाद को विपरीतार्थ शब्द खोज्छु जसको अग्रेजीमा Antinational अर्थात anti शब्द प्रयोग गरीन्छ न कि राम्रो को ख़राब भयजस्तो छैन यसको मतलव यो बिशेस परिस्थितिमा आफुलाई खोक्रो सान जमाउन चलाखीपूर्ण तरीकाले यसको प्रयोग गर्दछन ब्यक्तिहरू जहॉ कार्य र क्षमताले केही भियाउदैन यो कार्ड प्रयोग गरीन्छ यसर्थ यो ईमोसन संग जोडी खेलिने कार्ड बाट बच्न तमाम देश प्रेमी यूवाको कॉधमा आयको छ र यसलाई परास्त गर्नैपर्छ अन्यथा बिषको बिजारोपरण बर्षौसम्म भईरहनेछ जुन हामीसंग समय छैन ।

यधपि यो कार्ड वाराष्ट्रवादको परीकल्पना एकल भाषा र धर्म भयको मुलुकमा पनि घातक सिद्ध भयको छ सबै यसको वकालत गरी धोती र रंग हेरी नेपाली नठान्ने हरूले बैलेमा ज़िम्मेवार र संवेदनशील बन्न जरूरी छ स्मरण रहोस् दोर्सो विश्व यूद्द पछि ४५ राष्ट्र् विश्वमा आज १९६ पूगेको छन् यसको पछाडी मुख्य कारण समानता र सम्मान नै मुख्य पाटो हो ।

२-दिल्लि देखाई काठमाण्डू तर्साउने -इतिहास साक्षी छ जुनबेला मधेसमा आन्दोलनको आंधिभेरी हुंदा नेपालको शासकले जानी जानी नेपाली जनताको मनमा भ्रम पैदा गरी मधेससंग वार्ता हुदैन दिल्लि संग गर्छु सिधा भनि अहंकार छेडीरह्यो यसबाट के प्रस्ट हुन्छ भने मधेसको जनतालाई दबरजस्त दिल्लिमा गई घॉटीमिलाउ नभय लास जति बिच्छाय पनि पुरा हुदैन भन्ने ठाडो आसयले देशभक्ति मधेसी यूवालाई छेतबिच्छेद गरीरहे एकातिर भने अर्कोतिर मधेसकै कतिपय नेर्तृत्व पनि आन्दोलन जारी गरी दिल्लिसंग जोडिनु पर्छ भन्ने भ्रम मैं परिरहे र गरे पनि जुन दुबै थरी एकरथका दुई पाटा हुन् यथार्थता बुझ्नै कठिन भयो र जसले यो नेपालको समस्यो हो आन्तरीक हाम्रो कलह हामी समाधान गरौ भनि दुबै लाई देशको अहीतकारी भन्दै जनताको माझ गई भरोसा दिईरहे र केही अपूर्णता छ भनि आधा भरीयको गिलासको संज्ञा दिई निरन्तर पूर्णता दिदै जाने भने उनैलाई छॉया पार्ने कोशिस भयो जुन ईतिहासले नै ब्याख्या गर्नेछ र यतिबेला कहिकतै यो गल्ति नगरी देशको बारेमा देशभक्ति देखाउन पनि एक परीक्षाको घडी आम यूवाको कॉधमा आयको छ ।

अन्त्यमा यि दुबै पक्षसंग स्पष्ट रही मधेसले यतिबेला मधेसको र देशको पक्षमा फ़ैसला गर्नैपर्छ र गर्नेछ सही अर्थमा देशभक्तिको उजागरण गर्नेछ किनकी भारतले मधेस बाट केही लिनुदिनु चाहेको छैन उसलाई आफ्नै धान्न गाह्रो छ केवल नेपालको पानि र जवानी चाहीयको छ नेपालको उक्त कुरा आन्तरीक किचलो र देश समस्यामा बल्झिरहेमात्र पाउनेछ नभय नेपाल एक सक्षम राष्ट्र बन्नेछ त्येसपछि यो सुबिधा नपाउनेमा प्रस्ट छ भारत यसर्थ सही अर्थमा नेपालमा पनि यो किचलो नमेटियोस रहीरहोस् भन्ने चाहन्छ र बफादार सिपाही नेपाली दलको नाममा हाम्रो जस्तो बिबिधता भयको मुलुकमा रास्ट्रवादको नारा लगाई दुई हात उफ्रि भारतको बिरोध गर्ने तर सही अर्थमा उसैको ईच्छा पुरा गरी पानी धमिलो पारिरहने काम नेपालमा ती सबै शक्ति देशको बिभाजन तिर र अझै सम्बृद्दिको बाटोमा लैजान उन्मुख छैनन केवल मुलुक घृणा पैदा गरी बिभाजन गरी शक्ति जन्माउन मात्र उद्दत छन् यसको हिसाबकिताब यतिबेला मधेसले दिनुपर्छ ।

एक सम्बृदि समतामुलक देशको परिकल्पना गरी यी दुवै धारबाट माथि उठी सच्चा र सबैको परीकल्पना गरी २१ औ शताब्दीको नागरीकको स्वस्थ र निस्पक्ष नेर्तृत्व छान्ने जिम्मेवारी यतिबेला छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!