उपकार र सिभिल लघुवित्तले सेयरधनीलाई लाभांश वितरण गर्ने — OSNepal

उपकार र सिभिल लघुवित्तले सेयरधनीलाई लाभांश वितरण गर्ने

LC (KTM) January 29, 2023 0

काठमाडौँ-उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिभिल लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद गरी कूल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

हिमालयनको हकप्रद -हिमालयन उर्जा विकास कम्पनीले दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्काशन हुनेछ । साथै, विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर