सिड्नी, गत महिना नौलो र निकै फुर्तिलो समारोहविच औपचारिक सुरुवात गरेको भि एफ एम को लोकप्रियता सिड्नीमा रहेका नेपाली युवाहरुमाझ अहिले निकै नै बढदो छ । एक सय जनाको लागि पहिलो चरणको सदस्यता संख्या खोलेको भीएफएमको लोकप्रियता, उसको उद्देश्यको कति फरक  छ भन्ने सात सय भन्दा बढिको सदस्यता आवेदन पर्नुले पनि पुष्टि गरेको छ ।

Founder/President Mr. Roshan Khatiwada

कार्यक्रममा उपस्थित CISA का नवनियुक्त प्रेसिडेन्ट विजय सापकोटा, युवा उत्प्रेरक विनोद पौडेल तथा अन्य सामाजिक अगुवाहरुले यस संस्थाको अपरिहार्यता तथा आउँदा दिनहरुमा पलना गर्नुपर्ने सामाजिक दाइत्वका बारेमा प्रकाश पार्दै संस्थाको उत्तरओत्तर प्रगतीकोलागी शुभकामना ब्यक्त गरेका थिए ।
विदेशमा आएका नेपाली विद्यार्थीको लागि फुर्सदको साथी बन्न, समस्याहरू सुन्ने, काउन्सिल गरिदिनेलगायतका उद्देश्यकै कारण सदस्यता संख्या भनेभन्दा ७ गुना बढि आउनुले लक्ष्य के हो भन्ने पुष्टि गरिसकेको भीएफएम पव्लिक रिलेशन अफिसर आभाष मुडवरीले बताए ।विधानले संस्थाको सोच र उद्देश्यको आधार देखाउने भएकाले समुदायलाई विकास गरी नयाँ दिशातिर लैजान भिएफएम सफल हुने कार्यक्रमका अध्यक्ष रोशन खतिवडाले बताए ।

सिड्नीका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा बार्बीक्यु, मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो । जसको संयोजन सागर पाण्डे, तयारी रितुजा सत्याल, र कार्यकारी सदस्य निरा धौलाले गरेका थिए ।

‘राजनीति भन्दा पर रहेर विशुद्ध समाजसेवा, राजनीति गर्नुपरे सामाजिक राजनीति हुन्छ । नेपालीलाई एकढिक्का बनाउन भिएफएमको यो लक्ष्य अघि सारिएको हो’,  संस्थापक महेश प्रसाईले भने,‘जति सजिलो ठानिन्छ विदेश त्यति नै गाह्रो छ । यहि गाह्रोपनलाई सजिलो बनाउने सहजीकरणका निम्ति यो धारणा अघि सारेर नेपाली समुदायलाई गोलबद्ध बनाउन खोजेका छौं ।’