च्याम्पियन्स लिग : बार्सिलोनासँग युभेन्टस पराजित

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

एजेन्सी : च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार रातिको खेलमा बार्सिलोनासँग युभेन्टस ३-० ले पराजित भएको छ। स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३-० गोलको फराकिलो अन्तरले हराएको हो।

बार्सिलोनाका लागि लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे भने इभान र्‍याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे।

खेलमा ६४ प्रतिशत बल बार्सिलोनाको पक्षमा थियो । पोस्टमा ७ वटा उत्कृष्ट प्रहार गरे पनि युभेन्टसले गोल गर्न भने सकेन । मंगलबारको गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा विभिन्न २७ टिमविरुद्ध गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगको समूह चरणमा सन् २००९ मा बायन मुनिखसँग ४-१ ले हारेपछि युभेन्टसको मंगलबार बार्सिलोनासँगको हार नै फराकिलो अन्तरको हार हो।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!