उत्तर कोरियाले फेरि अमेरिकालाई दियो ठूलो चेतावनी : अब के हुन्छ ?

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

काठमाडौं : उत्तर कोरियाले अमेरिकालाई ठूलो चुनौतिको सामना गर्न तयार रहन चेतावनी दिएको छ । पछिल्ला दिनमा अमेरिकासँगको तनावलाई अझ उत्सकसमा पुर्याउने शैलीमा उत्तर कोरियाले अमेरिकालाई थप चुनौती दिएको हो ।

संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिबन्धपछि उत्तर कोरियाले अमेरिकालाई केहिले नभोगेको दुख भोग्नका लागि तयार रहन चेतावनि दिएको हो ।

राष्ट्र संघका लागि उत्तर कोरियाली प्रतिनिधिले अमेरिकाले उत्तर कोरियासँग राजनीतिक, आर्थिक तथा सैन्य टकराव रोजेको आरोप लगाएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम निश्क्रिय पार्न प्रतिवन्ध लगाइएको भएपनि यसले उ थप आक्रोशित भएको छ।

अघिल्लो हप्ता गरेको छैटौं तथा अहिलेसम्मकै ठूलो परमाणु परीक्षणपछि उत्तर कोरियामाथि नयाँ कडा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित भएको हो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!