सहिद स्मारकमा पुष्पगुच्छा अर्पणका गर्दै प्रधानमन्त्री दाहाल — OSNepal

सहिद स्मारकमा पुष्पगुच्छा अर्पणका गर्दै प्रधानमन्त्री दाहाल

LC (KTM) January 30, 2023 0

काठमाडौँ-लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान अर्पणका साथै मौनधारण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः प्रदीपराज वन्त÷रासस

यो पनि:कार्यदल गठन- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ ।उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहनुभएको छ । उक्त कार्यदलले सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर