अर्घाखाँचीमा बाघले लियो ४ वर्षीय मनिषको ज्यान, बाघले खाएर छोडेको अवस्थामा शरीरका अंगहरु जंगलमा फेला

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

अर्घाखाँची । अर्घाखाँचीका एक बालक बाघको सिकार भएका छन् । अर्घाखाँची खाँचीकोटस्थित भालुखोलाका ४ वर्षीय बालक मनिष केसीलाई बाघले आक्रमण गरेको बताइएको छ ।

हिजो बेलुका घरको आँगनमा खेलिरहेका मनिषलाई बाघले लगेको थियो । लगत्तै स्थानीय र प्रहरी खाजी गर्दा बाघले खाएर छोडेको अवस्थामा बालकको शरीरका अंगहरु जंगलमा भेटिएको बताइएको छ ।बाघको बिगबिगी बढेसँगै अर्घाखाँचीका बासिन्दा त्रसित बनेका छन्

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!