एसिया कप छनोट क्रिकेट : नेपालले भुटनलाई ९ विकेटले हरायो


काठमाडौं : एसिया कप छनोट क्रिकेटमा नेपालले भुटानलाई ९ विकेटले हराएको छ । १९ वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत बुधबार भएको खेलमा नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।

भुटानले दिएको ५१ रनको झिनो लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो । नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, आशिफ शेखले २१ बलमा अविजित २३ रन साथै अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे ।

मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

Comment