नेपालद्धारा भुटान ९ विकेटले पराजित, दिपेन्द्रले ५ र सन्दीपले लिए ४ विकेट

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गर्यो, जसलाई नेपालले मात्र ८।३ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सन्दिप सुनारले २१ रन बनाए । आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे ।भुटानका लागी टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट तथा सन्दीप लामिछाने ४ र नन्दन यादवले एक विकेट लिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!