अहिलेसम्मकै महंगो आइफोन सार्वजनिक ..

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

एजेन्सी : विश्व बजारमा हस्तक्षेपकारी ढंगले अगाडि बढेको मोबाइल कम्पनी एप्पलले हालसम्मकै सबैभन्दा महंगो आइफोन एक्स सार्वजनिक गरेको छ।

होम बटनबिनाको एज टु एज डिस्प्ले रहेको यो फोनको मूल्य अमेरिकामा ९९९ डलर राखिएको छ। यससँगै एप्पलले अल ग्लास डिजाइन भएको आइफोन ८ र आइफोन ८ प्लस पनि सार्वजनिक गरेको छ।

यी फोनहरु वायरलेस चार्ज गर्न सकिन्छ। त्यसैगरी एप्पलले थर्ड जेनेरेसन घडी र एप्पल टिभी पनि सार्वजनिक गरेको छ।

आइफोनको एक दशक पुगेको उपलक्ष्यमा एप्पलले नयाँ प्रविधि र नयाँ डिजाइनको स्मार्टफोन सार्वजनिक गरेको हो। यस क्रममा होम बटन हटाएर फेस आइडी नामको सफ्टवेयर प्रयोग गरिएको छ। फेस आइडी फोन अनलक गर्न प्रयोग हुन्छ।

फोनमा ओएलइडी नामक स्क्रिन टेक्नोलोजी प्रयोग गरिएको बताइएको छ । अन्य आइफोनभन्दा महंगो भए पनि आइफोन एक्सले स्मार्टफोनको दुनियाँमा नयाँ युगको सुरुवात गरेको एप्पलले जनाएको छ।

एप्पलका कार्यकारी प्रमुख टिम कुकले यो स्मार्टफोनले अर्को दशकका लागि मार्ग निर्देशन गर्ने बताएका छन्। एप्पलले विश्व मोबाइल बजरामा यस्ता फोन अबको केही वर्षमै हावी हुने बताएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!