बाढीपीडितको सहयोगार्थ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तीन लाख  हस्तान्तरण

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

भक्तपुर, २८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले रु तीन लाख २५ हजार ७८० बुझाएको छ ।

ओली निवास बालकोटमा पुगेर टोलीले एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गर्ने गरी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरेको हो । रकम बुझ्दै एमाले अध्यक्ष ओलीले नेपालको जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताउँदै द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने जिकिर गर्नुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!