जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु — OSNepal

जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

LC (KTM) January 30, 2023 0

टोकियो-जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ ।

“दुवै पुरुषलाई ‘कार्डियो रेस्पिरेटरी अरेस्ट’ भएको पाइएको छ,” उहाँले भन्नुभयो । यो चिकित्सकद्वारा मृत्यु भएको पुष्टि गर्नुअघि जापानमा प्रयोग हुने शब्द हो ।हिम पहिरोमा परी हराएकामध्ये तीन जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको थियो । उक्त समूहका अन्य ११ जना पहिरोबाट सामान्य घाइते अवस्थामा आफै सुरक्षितस्थलमा पुगेका बताइएको छ ।

गत हप्ता, नागानोसहित जापानको धेरै भागमा हिम बर्षा हुँदा अधिकांश क्षेत्रमा भारी हिउँले ढाकेको र धेरै विदेशी पर्यटकहरू हिउ खेल्नलाई ती क्षेत्रमा पुगेको बताइएको छ । उक्त क्षेत्रमा अझैपनि हिम पहिरो र हिमपातको चेतावनी जारी गरिएको छ ।

जापानी माउन्टेन ग्याजेट पत्रिकाका अनुसार नागानोमा आइतबार भएको हिमपहिरोमा परी ३१ वर्षीय पेशेवर अमेरिकी स्की खेलाडी यर काइल स्माइनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर