घाट व्यवस्थित नहुँदा शव जलाउन समस्या

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

उर्लाबारी (मोरङ), २८ भदौ ।यहााँस्थित बक्राहा खोलाको घाटलाई ब्यवस्थित गर्न सरोकारवालाहरुले चासो नदिएकै कारण शव जलाउन समस्या हुन थालेको छ ।उर्लाबारी–४ स्थित बक्राहा घाटको दुबैतर्फ शव जलाउने गरिएको भएपनि ब्यवस्थित घाट निर्माण हुन सकेको छैन । जसले गर्दा बर्षाको समयमा कठिन तरिकाले शव जलाउनु परेको थियो । स्थानीय समाजसेवी गंगाप्रसाद खरेलको संयोजकत्वमा बक्राहा घाट ब्यवस्थापन समिति बनाएर घाट निर्माण गरिएको भएपनि गत बर्ष बक्राहा खोलामा आएको बाढीले पूर्ण रुपमा क्षति गरेको थियो ।

त्यसपछि घाट ब्यवस्थित बनाउन कसैले चासो नदिएका कारण यस बर्षको बाढीमा निकै कष्टपूर्ण तरिकाले शव जलाउनु परेको थियो । बक्राहा खोलामा दैनिक औसत २÷३ वटा शव जलाउने गरिएको छ । तर, व्यवस्थित घाट नभएकोले शव जलाउन कठिन हुने गरेको मलामीहरु बताउँछन् । जथाभाबी रुपमा शव जलाउने गरिएका कारण दायाँबायाँका किनारामा लास जलाउन प्रयोग गरिने दाउँरा, खरानी, अँगार त्यतिकै हुने गरेको छ ।

जसले गर्दा खोलाको किनार फोहोर र प्रदुषित भई वातावरण र जनस्वास्थ्यमा असर पर्न गएको स्थानीय बासिन्दा बताउँछन् । सो स्थानमा मलामीले खाएको पानी तथा बिस्कुटलका खोलहरु खोलामा जथाभाबी रुपमा खोलामा फ्ँयाक्ने गरिएको छ । जसले गर्दा घाट झन् अव्यवस्थित बनिरहेको छ ।

अझ वर्षायाममा बक्राहामा आउने बाढीले बगरक्षेत्र पुरै जलमग्न हुने गरेका कारण शव जलाउन कठिन हुने गरेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले बक्राहा घाटलाई ब्यवस्थित बनाउन नगरपालिका गम्भिर रहेको बताउनु भएको छ । घाट ब्यवस्थित बनाउन बजेट बिनियोजन गरी सहज रुपमा शव जलाउन वातावरण बनाउने प्रमुख फागोले प्रतिबद्धता जनाउनु भएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!