जीवनको अन्तिम समयसम्म पनि कलाकारितामा लागीरहन्छु : मोडल अनुप खड्का

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेका अनुप खड्का गीत संगीत र अभिनय भनेपछि हुरुक्कै हुन्छन् । बाल्यकालदेखि नै अभिनय गर्ने सोच बनाएका उनी हिजोआज कामको शिलशिला र अभिनयमा औधी नै ब्यस्त छन् । काभ्रे घर भएका उनी बाँचुन्जेली अभिनय गर्ने तर्क राख्छन् ।

यसैबिच उनले अभिनय गरेको नयाँ गीत सार्वजनिक भएको छ । ‘वाचे भने फर्केर आउनेछु, मरे भने बाकसमा लास फर्किन्छ होला’ बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ ।

सारा प्रदेशिलाई रुवाउने यो बियोगान्त ूप्रदेशी यो चोलाू एल्वमको भिडियोलाई विबस थापाको निर्देशन रहेको छ । जसमा राजकुमार विन्दासको छायांकन रहेको छ । भिडियोलाई बुढा म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!