‘कामिनो’मा प्रदीपसगँ जोडी बाँध्दै वर्षा — OSNepal

‘कामिनो’मा प्रदीपसगँ जोडी बाँध्दै वर्षा

LC (KTM) February 01, 2023 0

काठमाडौं – फिल्म ‘कामिनो’मा वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । प्रदीप खड्कालालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि सिवाकोटीले अभिनय गर्ने बताइएको छ ।

मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् ।

केही दिनमा कागजी सम्झौता हुने बताइएको छ । विवाहपछि उनले गर्ने नया फिल्म भनेको नै ‘कामिनो’ रहने छ । वर्षाले लेखक महेश दवाडीबाट स्क्रिप्ट समेत सुनिसकेकी छन् ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने ‘कामिनो’को स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ । आगामी चैत्र तेश्रो साताबाट फिल्मको छायाकंन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर