राष्ट्रपति भण्डारी भोजपुर जाँदै — OSNepal

राष्ट्रपति भण्डारी भोजपुर जाँदै

LC (KTM) February 07, 2023 0

भोजपुर – राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर आउनुहुँदैछ । षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर आउन लाग्नुभएको हो ।

उहाँले साल्पासिलिछो गाउँपालिका–१ गौँडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नेलगायत कार्यक्रम रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर