राष्ट्रपति सीद्वारा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन जोड — OSNepal

राष्ट्रपति सीद्वारा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन जोड

LC (KTM) February 07, 2023 0

चीन – चीनका राष्ट्रपति सी चिन फिङले मङ्गलबार चिनियाँ आधुनिकीकरणलाई सही ढङ्गले बुझ्नुपर्ने र यसलाई जोडतोडका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूल (नेशनल एकेडेमी अफ गभर्नेन्स) मा नयाँ अध्ययन सत्रको प्रारम्भ समारोहलाई सम्बोधन गर्दै उक्त भनाइ राख्नु भएको हो ।

उक्त सत्रमा नवनिर्वाचित सदस्यहरू र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका वैकल्पिक सदस्यहरू साथै प्रान्तीय र मन्त्री स्तरका प्रमुख अधिकारीहरू समेत उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर