हिन्दुसहित किराँत र बौद्ध धर्म मास्न योजनाबद्ध काम भए, जनसंघर्ष गरौं: कमल थापा — OSNepal

हिन्दुसहित किराँत र बौद्ध धर्म मास्न योजनाबद्ध काम भए, जनसंघर्ष गरौं: कमल थापा

LC (KTM) February 08, 2023 0

काठमाडौं, २५ माघ । राष्ट्रिष् प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतीलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर  परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित कार्यक्रममा बोल्दै  थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिबर्तन गरिएकोमा तिब्र आक्रोशसमेत पोखेका छन् ।

‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्ने छन् ,यो सामान्य बिषय होइन,’ अध्यक्ष थापाले भने । यहि रफ्तारमा धर्म परिबर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरबशाली संस्कृति र पहिचान नष्ट हुने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले चुप लागेर बसेमा हामी दिन प्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिबाद गर्नुपर्ने आबश्यकतामा जोड दिए ।

‘हाम्रो कुनै धर्म प्रती बैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिबर्तन प्रती हाम्रो आपत्ती छ,’ थापाले भने ।

अहिले कमजोर रुपमा  ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनायरै छाड्ने थापाको दृढता थियो ।

कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ , राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधब खत्री ,भक्तपुर जिल्ला अध्यक्ष श्याम प्रसाद
नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिना भित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर