बोले ओली भने सत्ता बचाउने खेलले मुलुकले कोल्टे फेर्न सकेन

Posted By OSNepal, California, USA || Date: 20 September, 2017

काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता प्राप्ति र सरकार टिकाउन खोन्जे खेलले मुलुकले कोल्टे फेर्न नसकेको बताएका छन् ।

गैंडाकोटमा बुधबार आयोजना गरेको आमसभामा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।विदेशीसँग जस्तोसुकै पनि सम्बन्ध राख्ने वर्तमान सरकारको कारण राष्ट्रिय स्वाधिनता धरापमा परेको आरोप लगाउदै ओलीले सवारी चलाउन कुशल चालकको आवश्यक्ता हुने जस्तै मुलुक चलाउन पनि राम्रो चालक चाहिने बताएका छन् ।

उनले भने , ‘चालक मन्त्री थप्ने र विदेशीसँग घुँडामात्र टेक्ने गरेपछि मुलुक अनिर्णयको बन्दी बनेको छ ।’ आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमाले स्थानीय तहमा आएको नजिता भन्दा अझै धेरै क्षेत्रमा जित हासिल गर्दै बहुमतमा पुग्ने दाबीसहित जनताले अनुभूति गर्ने गरी सुशासन र विकासको मुल फुटाइदिने आश्वासन दिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!