'पठान' फ्लप भएको भए मैले अर्को काम रोज्न पर्थो भन्दै भावुक भए शाहरुख खान — OSNepal

‘पठान’ फ्लप भएको भए मैले अर्को काम रोज्न पर्थो भन्दै भावुक भए शाहरुख खान

LC (KTM) February 09, 2023 0

बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले बक्स अफिसमा आगो नै लगाएको छ । बलिउडका बादशाह खान स्टारर फिल्मले मनग्य कमाई गरेर उत्कृष्ट फिल्मको सुचीमा आइरहेको छ । शाहरुखका अलावा अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा छन् । हालै चलचित्रको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

यसै क्रममा तीनै कलाकारले फिल्मको अनुभव सेयर गरेका छन् । पत्रकार सम्मेलनमा शाहरुखले आफ्नो फिल्म राम्रो नहुँदा पेसा परिवर्तन गर्ने मन बनाएको बताए । आफ्नो करियरको बारेमा कुरा गर्दै शाहरुखले भने, ‘मेरो फिल्म चल्दैन भनेर मानिसहरूले भनेपछि मैले खाना पकाउन थालें । एउटा रेस्टुरेन्ट सुरु गरौं जस्तो लाग्यो । यही प्रवाहमा उनले इटालियन परिकार बनाउन पनि सिके ।

उल्लेखनीय कुरा के छ भने शाहरुख खानको यो फिल्मबाट सिद्धार्थ आनन्दको फेम पनि स्थापित भएको छ । हिन्दी फिल्मको इतिहासमा ५ दिनको कलेक्शनको कुरा गर्दा पठान बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म साबित भएको छ । अब यसले अझै कति ठूला कीर्तिमान तोड्छ त्यो हेर्नै पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर