माओवादी बैठकको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निमार्ण — OSNepal

माओवादी बैठकको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निमार्ण

LC (KTM) February 09, 2023 0

काठमाडौं, २६ माघ -पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले क्रमश: राष्ट्रिय सहमतिको आधार निमार्ण हुदैँ गएको निष्कर्ष निकालेको छ ।

हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो । 

‘सरकारका तर्फबाट पेश गरिएको साझा न्यूनतम् कार्यक्रम, संसदमा सम्माननीय प्रधानमन्त्रीको पहिलो सम्वोधन र विश्वासको मत लिँदा गरिएको सम्वोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तिव्र आर्थिक विकास र समृद्धीप्रति प्रतिवद्ध छ भन्ने कुरा जनस्तरसम्म विश्वास पैदा हुदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको’ माओवादी स्थायी समिति बैठकको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर