भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता — OSNepal

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

LC (KTM) February 09, 2023 0

सुर्खेत, २६ माघ-भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा दिदिको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चिप्लेबाट करीब १३ जनाको प्रहरी टोलि खटिएको छ । बेपत्ता भएको दुबै जनाको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर