बलात्कार मुद्धा अदालतमा बिचाराधिन रहेको अवस्थामा सन्दीप लामिछाने सहित १४ सदस्सीय टिमको घोषणा — OSNepal

बलात्कार मुद्धा अदालतमा बिचाराधिन रहेको अवस्थामा सन्दीप लामिछाने सहित १४ सदस्सीय टिमको घोषणा

LC (KTM) February 09, 2023 0

बलात्कार मुद्धा अदालतमा बिचाराधिन अवस्थामा रहेको बेला नेपाल क्रिकेट संघ क्यान ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि सन्दीप लामिछाने सहितको टिम घोषणा गरेको छ । क्यानले आज पूर्व कप्तान लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको जनाएको छ ।

क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा रहेको छ । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर