साउदी प्रो लिग फुटबलमा गज्जबसँग चम्किए रोनाल्डो, वेह्दालाई खाता नै खोल्न नदिई अल नसरलाई दिलाए शानदार जित — OSNepal

साउदी प्रो लिग फुटबलमा गज्जबसँग चम्किए रोनाल्डो, वेह्दालाई खाता नै खोल्न नदिई अल नसरलाई दिलाए शानदार जित

LC (KTM) February 10, 2023 0

काठमाडौं । अल नसरद्धारा अल वेह्दालाई ४ – ० गोल अन्तरले पराजित भएको छ ।

साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरका लागि रोनाल्डो एक्लैले ४ गोल गरेपछि उनी थप चर्चामा छन् ।

गएराती सम्पन्न खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए लगत्तै खेलको ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गर्दासम्म अल वेह्दाले खातासम्म खोल्न सकेन । खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई शानदार जित दिलाए ।

यो खेलमा गरेको ४ गोलसँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् । जितसँगै नसरले १६ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने वेह्दा १५ अंकसहित १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर